बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरा-जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १० २०८२
पोखरा-जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगन

मुस्ताङ- हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगन गरेका छन्।

नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगन गरेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए। 

पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगन भए पनि चार्टर र आपतकालीन हेली सेवा रोकिने छैन। 

तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च १ सम्मका लागि पोखरा-जोमसोम उडान स्थगन गरेको बताए। त्यसैगरी समिट एयरलाइन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगन गरिएको जनाएको छ। 

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडानमा असर पर्ने गर्छ। पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको संख्या घट्दै जान थालेको छ। रासस


प्रकाशित : बिहीबार , पुस १० २०८२१२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend