बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तनहुँमा ५९ हजार कुखुराको बीमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १० २०८२
तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ- तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ। जिल्लास्थित कृषकले पालेका ७१ हजार २ सय १८ पशुको बीमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरू पशुबीमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए। उनका पशुबीमातर्फ अनुसार सबैभन्दा बढी ५९ हजार ९ सय ५९ कुखुराको बीमा गरिएको छ। 

त्यस्तै १ हजार ७ सय ४२ गाई, ७ सय ४० भैँसी, १ हजार ५ सय ८१ बाख्रा, ६ सय ९६ बंगुर, ६ हजार ५ सय माछाको बीमा गरिएको छ। बीमा गरिएका पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रुपैयाँ छ। त्यसमध्ये गाइको १५ करोड ६७ लाख ८० हजार रुपैयाँ, भैँसीको ६ करोड ६६ लाख रुपैयाँ, बाख्राको एक करोड ५८ लाख १० हजार रुपैयाँ, बंगुरको १ करोड ७४ लाख रुपैयाँ, कुखुराको ४ करोड ४३ लाख ६ हजार रुपैयाँ, माछाको ५१ लाख ४ हजार रुपैयाँ छ। 

बीमा गरिएकामध्ये गाईमा १५ लाख ६७ हजार रुपैयाँ कृषकले बेहोरेका छन्। यस्तै भैँसीमा ६ लाख ६६ हजार रुपैयाँ, बाख्रामा १ लाख ५८ हजार रुपैयाँ, बंगुरमा १ लाख ७४ हजार रुपैयाँ, कुखुरामा ३ लाख ४४ हजार रुपैयाँ, माछामा ८ हजार रुपैयाँ कृषकले बेहोरेका छन्। 

तनहुँमा ४९ हजार ७ सय ४२ गाई, ५३ हजार ३ सय ८३ भैँसी, ३ लाख ८८ हजार १ सय ७६ बाख्रा, ७ सय २३ भेडा, सुँगुर-बंगुर ४६ हजार ८ सय १३, कुखुरा ९ लाख ९८ हजार ९ सय ३६, हाँस ११ हजार ९ सय ८७ वटा रहेको कार्यालयले जनाएको छ।  दुधालु गाइको संख्या १३ हजार ९ सय ४२, दुधालु भैँसीको संख्या २१ हजार ५ सय ३ छ। रासस

 


प्रकाशित : बिहीबार , पुस १० २०८२११:५२
  • सम्बन्धित विषय:

  • # पशुपालन
  • # पशुबीमा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend