काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
अघिल्लो दिन हिजो बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको सुन र चाँदीको मूल्य आज घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबारको तुलनामा सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज १ तोला चाँदीको मूल्य ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ७९ र त्यति नै परिमाणको चाँदी ७२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


