मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सामाजिक सुरक्षा राष्ट्रिय अभियान सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ९ २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान सुरु

काठमाडौं- अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ।  
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम संगठनले आज काठमाडौंमा एक कार्यक्रमका बीच अभियान प्रारम्भ गरेका हुन्। त्यस अवसरमा सामाजिक सुरक्षासम्बन्धी कार्य गर्दै आएका स्थानीय तह, सरोकार भएकाहरू र पत्रकार थिए। 

अभियानसम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकका सामाजिक सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नीतिगत व्यवधान हटाउन आफू तत्पर रहेको उल्लेख गरे।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सामाजिक सुरक्षा नागरिकहरुलाई राज्य छ भन्ने अपनत्व महसुस गराउने प्रभावकारी माध्यम हुने बताए। 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले २०७५ सालदेखि सुरु भएको सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार नागरिक आबद्ध भएका जानकारी दिए। 

कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी पालिकाले कोषसँग सम्झौता गरे पनि आठवटा पालिकाले मात्र त्यसलाई कार्यान्वयन गरेका छन्। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का देशीय निर्देशक  नुमान ओज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु रहेको बताए। रासस


प्रकाशित : बुधबार, पुस ९ २०८२१६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend