मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न, बरामद गरियो दर्जनौँ गहना

बुधबार, पुस ९ २०८२
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न, बरामद गरियो दर्जनौँ गहना

सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मंगलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको छ।

काठमाडौं- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका-७ घर भइ काठमाडौंको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बाइपासको एक घरबाट सुनका गरगहना चोरी गर्ने लकाई डल्लुस्थित सीता ज्वेलर्सका सञ्चालक भएको अनुसन्धानमा खुलेको बताएका छन्।

प्रहरीले पक्राउ परेका लकाईसँग सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मंगलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए। पक्राउ परेका लकाईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, पुस ९ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend