आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

आयल निगमको कार्यकारी निर्देशक नियुक्तीका लागि तीन जना सिफारिस 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
आयल निगमको कार्यकारी निर्देशक नियुक्तीका लागि तीन जना सिफारिस 

रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनमा १७ जनाले आवेदन दिएका थिए। 

images
images

काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तीका लागि छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। 

images
images
images

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चन्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस भएको छ। 

images
images

यी तीनजनामध्ये एकजनालाई मन्त्रिपरिषद वैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ। 

images
images

रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनमा १७ जनाले आवेदन दिएका थिए। 

१७ जनाबाट तीन जनाको नाम सिफारिस गरिएको हो। 

मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक नियुक्तीका लागि भन्दै पुस २५ गते सूचना प्रकाशित गरेको थियो। अन्मित मिति माघ १६ गतेसम्म १७ जनाले आवेदन दिएका  थिए। 

सिफारिस भएका मध्ये भट्ट सेज प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत छन् , सिटौला  उद्योग विभागका पूर्वमहानिर्देशक हुन्। 

 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend