काठमाडौं- एनएमबी बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत इन्टरप्राइज क्षेत्रतर्फको 'डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५' प्राप्त गरेको छ।
यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन्। एनएमबी बैंकले नयाँ डिजिटल माध्याममार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो।
एनएमबी बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


