मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

भारतको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा गुल्मीको धुर्कोटमा विद्यालय भवन बन्दै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
भारतको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा गुल्मीको धुर्कोटमा विद्यालय भवन बन्दै

भारतको ३ कराेड ८ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गर्न लागिएको हो। फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तले विद्यालय भवन निर्माण हुनेछ।

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका-३ मा अवस्थित निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रैन्डन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले मंगलबार विद्यालय भवनको संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतको ३ कराेड ८ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गर्न लागिएको हो। फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तले विद्यालय भवन निर्माण हुनेछ। 

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गतको यो परियोजना धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।

प्रकाशित : मंगलबार, पुस ८ २०८२१७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend