बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरेबगर-घोडेपानी सडकको स्तरोन्नति सुरु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
पोखरेबगर-घोडेपानी सडकको स्तरोन्नति सुरु

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ। 

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी पोखरेबगर-घार-चित्रे सडक स्तरोन्नति  थालेको हो। यो पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो। 

अन्नपूर्ण गाउँपालिका-६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोकदेखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए। उनले भने, 'सडक ढलान भएपछि घोडेपानी-पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ।'

२१ किलोमिटर दूरीको यो सडकअन्तर्गत चित्रे-घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ। पोखरेबगर-बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरेको छ। रासस


प्रकाशित : मंगलबार, पुस ८ २०८२१५:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend