बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ब्ल्याक प्लस डेकरले ल्यायो आईसीसी टी-२० वर्ल्डकपलक्षित उपहार योजना

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
ब्ल्याक प्लस डेकरले ल्यायो आईसीसी टी-२० वर्ल्डकपलक्षित उपहार योजना

काठमाडौं- विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरले नेपाली ग्राहकहरूका लागि आईसीसी टी-२० वर्ल्डकपलक्षित उपहार योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक प्लस डेकरका घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्रमार्फत प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्। जसमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ र खानपिनको  सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।

योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक प्लस डेकरको उपकरण खरिद गरेपछि अंग्रेजी अक्षरमा बी एण्ड डी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

यो योजना देशभरिका सीजी डिजिटल आउटलेटहरू, एलजी शप्स आउटलेटहरू तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध छ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

ब्ल्याक प्लस डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ। ११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ। 

नेपालमा ब्ल्याक प्लस डेकर ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स छ। 


प्रकाशित : मंगलबार, पुस ८ २०८२१२:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend