बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा चन्दन प्रभात्तेश्वर मन्दिर परिसरमा सरसफाइ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा चन्दन प्रभात्तेश्वर मन्दिर परिसरमा सरसफाइ

काठमाडौं- लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने चन्दन प्रभात्तेश्वर मन्दिर परिसरमा सामुदायिक सरसफाइ अभियान सम्पन्न गरेको छ। लक्ष्मी ग्रुपको '५२औँ कर्पाेरेट तथा धन्यवाद ज्ञापन दिवस'को अवसरमा सरसफाइ गरिएको हो। 

धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखी सरसफाइ अभियान आयोजना गरिएको लक्ष्मी कमर्सियल भेहिकल्सले जनाएको छ।

लक्ष्मी कमर्सियल भेहिकल्सका कर्मचारीहरूले मन्दिर परिसर तथा आसपासका क्षेत्रको सरसफाइ गरेका थिए।

लक्ष्मी ग्रुपले आफ्नो ५२ वर्षे यात्रामा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्त्व दिँदै आएको छ। 

 


प्रकाशित : मंगलबार, पुस ८ २०८२१२:४३
  • सम्बन्धित विषय:

  • # लक्ष्मी कमर्सियल भेहिकल्स
  • # लक्ष्मी ग्रुप
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend