बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं- नागरिक समाज, राँझा-बाँकेले नेपालगञ्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरे। 

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न अनुरोध गरे।

राँझा-बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्न माग गरेको हो। नेपालगञ्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१६:१२
  • सम्बन्धित विषय:

  • # राँझा विमानस्थल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend