मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

होटल तथा रेष्टुरेन्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्नेमा विज्ञको जोड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
होटल तथा रेष्टुरेन्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्नेमा विज्ञको जोड

'होटल तथा रेष्टुरेन्टमा पाक्ने खानालाई ब्याक्टेरिया, भाइरस, रसायन वा अन्य दूषित पदार्थबाट मुक्त राख्नु सिकाउनु, राम्रो गुणस्तर कच्चापदार्थ प्रयोग गर्न सिकाउनु, खाना पकाउँदा र खाँदा सफाइमा ध्यान दिनु अहिलेको मुख्य आवश्यकता होे,' उनले भने।

काठमाडौं- होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा कर्मचारीले खाद्य सुरक्षा र स्वच्छतलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

नेपाल पर्यटन बोर्ड, यूएनडिपी दिगो पर्यटन विकास परियोजना र रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) को आयोजनामा गरिएको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी कार्यक्रमका वक्ताले होटल र रेष्टुरेन्टले खाद्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन्।

रेवानका अध्यक्ष संघर्ष विष्टले होटल तथा रेष्टुरेन्टबाट प्रदान गरिने खानालाई कसरी सफा, सुरक्षित र स्वास्थ्यका लागि उपयोगी बनाउन सकिन्छ भन्नेबारे होटल र रेष्टुरेण्टका व्यवसायीलाई रेवानले विभिन्न समयमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गर्दैै आइरहेको जानकारी दिए।

'होटल तथा रेष्टुरेन्टमा पाक्ने खानालाई ब्याक्टेरिया, भाइरस, रसायन वा अन्य दूषित पदार्थबाट मुक्त राख्नु सिकाउनु, राम्रो गुणस्तर कच्चापदार्थ प्रयोग गर्न सिकाउनु, खाना पकाउँदा र खाँदा सफाइमा ध्यान दिनु अहिलेको मुख्य आवश्यकता होे,' उनले भने।

बिहीबारदेखि सुरु भएको क्षमता अभिवृद्धि तालिमका प्रशिक्षक फुड साइन्टिट्स डा. हुमा बुकिम, फुड टेक्नोलोजिष्ट सञ्जय भण्डारी, नवीन कर्माचार्य र प्रेमबहादुर क्षेत्रीले पकाएको र कच्चा खानालाई छुट्टाछुट्टै राख्ने, म्याद सकिएको खाना नखाने, उचित तापक्रममा भण्डारण गर्ने, खाना पकाउनु अघि र खाँदा साबुनले हात धुने, किचन सफा राख्ने, खाना ढाकेर राख्नेलगायतका बारेमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमका संयोजक सचिन कर्माचार्यले होटल तथा रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई थप अब्बल बनाउनका लागि तालिम प्रदान गरिएको बताए। उनले रेवानले आगामी दिनमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, तनहुँको बन्दिपुरमा होटल तथा रेष्टुरेन्टमा आबद्ध व्यवसायी तथा कर्मचारीलार्ई तालिम प्रदान गरिने जानकारी दिए।

कार्यक्रमका रेवानका कोषाध्यक्ष एवं सहसंयोजक विप्लव भट्टले दुई दिनसम्म सिकेको सिकाइलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले खाद्य सुरक्षा र स्वच्छताले मानिसलाई स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले हेलचक्र्याई नगर्न सबैलाई आग्रहसमेत गरे। 

रेवानले काठमाडौं उपत्यकाभित्र सञ्चालित २६० होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा कर्मचारीलाई खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी तालिम प्रदान गरेको थियो। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend