काठमाडौं- घरेलु उपकरण ब्रान्ड क्रम्प्टनले 'द अल्टिमेट विन्टर ब्रेक' नामक अभियान घोषणा गरेको छ।
क्रम्प्टनका उत्पादन खरिद गर्दा अभियान जित्ने ग्राहकले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।
अभियानका विजेताले आफ्ना लागि मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज जित्नेछन्।
अभियानमा सहभागी हुन क्रम्प्टनका कुनै पनि उत्पादन खरिद गरेपछि दिइएको वारेन्टी कार्डको जानकारी प्रयोग गरेर Crompton [space] वारेन्टी कार्ड नं. [space] उत्पादनको नाम [space] ग्राहकको नाम [space] ठेगाना लेखी ३१००३ एसएमएस पठाउनुपर्नेछ।
सीमित अवधिका लागि सञ्चालन हुने अभियानमा सबै नियम र शर्तहरू लागू हुने कम्पनीले जनाएको छ।
क्रम्प्टन दक्ष र विश्वसनीय घरेलु उपकरणहरूको ब्रान्ड हो। नेपालमा सीजी इलेक्ट्रोनिक्स यसको आधिकारिक वितरक हो।


