बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बेकोका उत्पादन खरिदमा टी-२० विश्वकपअन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
बेकोका उत्पादन खरिदमा टी-२० विश्वकपअन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं- युरोपेली बजारमा अग्रणी स्थान कायम गरेको प्रिमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा 'डिजाइन्ड फर होम डट क्राउन्ड विथ क्रिकेट' नामक अभियान सुरु गरेको छ।

अभियान विजेता ग्राहकले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्नेसहित पाँच दिने मुम्बई भ्रमणको अवसर पाउनेछन्।

कम्पनीले विजेतालाई मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गर्नेछ। 

अभियानमा सहभागी हुन बेकोका कुनै पनि उत्पादन खरिद गरेपछि Beko [space] वारेन्टी कार्ड नं. [space] उत्पादनको नाम [space] ग्राहकको नाम [space] ठेगाना लेखी ३१००३ एसएमएस पठाउनुपर्नेछ। 

अभियान अवधिमा बेको उत्पादन खरिद गर्दा ग्राहकहरूले विशेष उपहार पनि प्राप्त गर्नेछन्। यसअन्तर्गत बेको वाशिङ मेसिनको खरिदमा ३ किलो एरियल म्याटिक डिटर्जेन्ट र बेको एयर कन्डिसनरको खरिदमा जडान सेवा निःशुल्क पाइनेछ। 

नेपालमा बेकोका सम्पूर्ण प्रिमियम उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन्। कम्पनीका अनुसार सीमित अवधिका लागि सञ्चालन हुने अभियानमा सबै नियम र शर्तहरू लागू हुनेछन्।


प्रकाशित : सोमबार, पुस ७ २०८२१२:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend