बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली बजारमा अहिलेसम्मकै उच्च भयो सुनचाँदीको मूल्य

सोमबार, पुस ७ २०८२
नेपाली बजारमा अहिलेसम्मकै उच्च भयो सुनचाँदीको मूल्य

यस्तै आज सोमबार चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

आज सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको मंसिर २९ गते प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज सोमबार चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाली बजारमा चाँदीको मूल्यले आइतबार पनि कीर्तिमान बनाएको थियो। आइतबार एक तोला चाँदीको मूल्य ४ हजार १ सय ५ रुपैयाँ थियो। त्यसबाट आज सोमबार १ सय ३० रुपैयाँले बढेको हो।  

बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वका साथै अमेरिका र चीनबीचको बढ्दो तनावले यस वर्ष विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाइरहेका छन्।

केन्द्रीय बैंकको सुन भण्डारबारे वर्ल्ड गोल्ड काउन्सिलको २०२५ को सर्वेक्षणअनुसार ९५ प्रतिशत केन्द्रीय बैंकरहरूले यस वर्ष विश्वव्यापी सुन भण्डारण बढ्ने अपेक्षा गरेका छन्। सुनको भाउ हालसम्मकै उच्च भए पनि यस वर्ष आफ्नो भण्डारण घट्ने अपेक्षा कुनै पनि बैंकले गरेका छैनन्।

नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि मात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। अमेरिकी डलर सूचकांकमा उल्लेख्य गिरावट आएकाले अन्तर्राष्ट्रिय खरिदकर्ताहरूका लागि सुन सस्तो भएको छ, जसले विश्वव्यापी लगानीको माग बढाएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।


प्रकाशित : सोमबार, पुस ७ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend