मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

काठमाडौंका दुई रेष्टुरेन्टलाई ५०-५० हजार रुपैयाँ जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
काठमाडौंका दुई रेष्टुरेन्टलाई ५०-५० हजार रुपैयाँ जरिवाना

विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी निर्देशनात्मक कारबाही गरेको छ।

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा उद्योग तथा फर्मलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा विक्रेताले बिक्री-वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ। उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ। 

सोही व्यवस्था पालना नगरेको भन्दै विभागले काठमाडौं महानगरपालिका-३ महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउस र टोखास्थित आई क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो।

त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी निर्देशनात्मक कारबाही गरेको छ। विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ। बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री-वितरणमा रोक लगाउन क्रियाशील रहेको विभागले जनाएको छ। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend