बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माइडियाले ल्यायो आईसीसी टी-२० विश्वकपलक्षित आकर्षक उपहार योजना

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
माइडियाले ल्यायो आईसीसी टी-२० विश्वकपलक्षित आकर्षक उपहार योजना

काठमाडौं- अग्रणी घरेलु उपकरण ब्रान्ड माइडियाले 'खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्' नामक अभियान घोषणा गरेको छ।

यसअन्तर्गत आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा हुने नपालको खेल प्रत्यक्ष हेर्ने अवसर पाइनेछ। 

अभियानका विजेताले टी-२० विश्वकपअन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नुका साथै मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्।

अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरू एसएमएस पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन्। त्यसका लागि Midea [Space] वारेन्टी कार्ड नं. [Space] उत्पादनको नाम [Space] ग्राहकको नाम [Space] ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

अभियान अवधिमा माइडियाको वाशिङ मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध हुनेछ। अभियानमा माइडियाको विश्वस्तरीय गुणस्तरका विविध उत्पादनहरू रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू समावेश छन्।

माइडिया विश्वव्यापी रूपमा मान्यताप्राप्त स्मार्ट घरेलु उपकरण ब्रान्ड हो, जसले नवीनतम प्रविधि र ऊर्जा दक्षतासँगै उत्कृष्ट गुणस्तरका उपकरणहरू बजारमा ल्याउँदै आएको छ। सीजी इलेक्ट्रोनिक्स नेपालका लागि वितरक संस्था हो। 


प्रकाशित : आइतबार, पुस ६ २०८२१५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend