काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य रकमले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।
गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो। शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे।
गएको मंसिर २९ गते सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यसैगरी नेपाली बजारमा चाँदीको मूल्यले भने अर्को कीर्तिमान बनाएको छ। आज एक तोला चाँदीको मूल्य ४ हजार १ सय ५ रुपैयाँ कायम भएको छ।
चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि गएको बिहीबार (पुस २ गते) प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएर चाँदीको मूल्यमा बनेको कीर्तिमान आज तोडिएको हो।
अघिल्लो कारोबार (गएको शुक्रबार) को तुलनामा भने आज चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।


