बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

रात्रिकालीन व्यवसाय २४ घण्टा नै खुला गर्न दिने सरकारको निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
रात्रिकालीन व्यवसाय २४ घण्टा नै खुला गर्न दिने सरकारको निर्णय
images
images

काठमाडौं- नेपालमा पनि अब रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्न पाइने भएकाे छ। सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाउने निर्णय गरेसँगै अब रेष्टुरेन्ट, बार, क्लब हाउस, डान्स, दोहोरीलगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने भएको छ।

images
images
images

गृह मन्त्रालयले रात्रिकालीन व्यवसाय खुला गर्ने निर्णय गरेको हो। यसअघि प्रहरी र प्रमुख जिल्ला अधिकारीको तजविजमा सिमा तोकिँदै आएको थियो। 

images
images

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए। सोही कार्यदलको सिफारिसमा रात्रिकालीन व्यवसाय खुला गर्ने निर्णय गरेको हो।

images
images

कार्यदलले सुरक्षा दिने काम राज्यको भएको तर सुरक्षाको नाममा व्यवसाय बन्द गर्न नहुने सुझाव दिएको थियो। सरकारको निर्णयसँगै अब पर्यटकीय क्षेत्रहरुमा रातभर अर्थतन्त्र चलायमान हुने छ।

काठमाडौं, पोखरा, चितवान, भैरहवा लगायत क्षेत्रमा यो निर्णयले राहत मिल्ने छ। प्रहरी प्रशासनले तजविजमा साँझ ९ बजेनै व्यवसाय बन्द गर्दै आएको थियो। 


प्रकाशित : बुधबार, फागुन २५ २०७८१५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend