मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

शक्तिखोरसहित तीन औद्योगिक क्षेत्र सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने समझदारी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ५ २०८२
शक्तिखोरसहित तीन औद्योगिक क्षेत्र सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने समझदारी

सरकारले सार्वजनिक-निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो।

काठमाडौं- सार्वजनिक-निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ। यसैगरी हेटौँडाको मयूरधाप र रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ।

नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो।

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक-निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौैतापत्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितिमा परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरेका थिए।

सरकारले सार्वजनिक-निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो।

यो समझदारीसँगै सार्वजनिक-निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ।

सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुआती  काम गर्न लागिएको बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थानबिन्दुको रूपमा लिएको बताए। उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक-निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताए।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सरकारले सार्वजनिक-निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने भनेकाले यो समझदारीले राम्रो सन्देश गएको बताए। रासस


प्रकाशित : शनिबार, पुस ५ २०८२१७:३२
  • सम्बन्धित विषय:

  • # शक्तिखोर औद्योगिक क्षेत्र
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend