बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ५ २०८२
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

काठमाडौं- नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ। 

६ महिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो। 

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न तथा आफ्ना सेवाबारे अवगत गराउन सहज हुने बताए। साथै उनले देशको पर्यटन उद्योगमा चिनियाँ भाषा जानेका व्यवसायीबाट टेवा पुग्ने विश्वास व्यक्त गरे।

दूतावासका 'मिनिस्टर काउन्सिलर' चु पानले चीन-नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै यसबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिल्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, पुस ५ २०८२१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend