काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२ जारी गरेका हुन्।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
हिजो बसेको क्याविनेट बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
२०७८ को जनगणनाअनुसार दलित, आदिवासी, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ संशोधन गर्न सरकारले यो अध्यादेश ल्याएको हो।
