काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्।
कर्णलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर महानिर्देशकको जिम्मेवारी दिएका हुन्। कर्ण नागरिक उड्डयन प्राधिकरणका १२ औँ तहका कर्मचारी हुन्।
प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि पद खाली थियो।
