आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सहुलियत कर्जाका ११ अर्ब ब्याज अनुदान वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
सहुलियत कर्जाका  ११ अर्ब ब्याज अनुदान वितरण

सरकारले ब्याजमा अनुदान दिने यस्तो सहुलियत कर्जा माघ मसान्तसम्म कूल २ खर्ब ५० ऋण  स्वीकृत भएको छ। यसमा  २ खर्ब १४ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

images
images

काठमाडौं- सहुलियत कर्जाका लागि सरकारले माघ मसान्तसम्म ११ अर्ब ५० करोड ८६ लाख रुपैयाँ ब्याज अनुदान दिएको छ। 

images
images
images

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि अनुसार प्रवाह भएको ऋणमा सरकारले व्याज अनुदान दिँदै आएको छ। यही व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले माघ मसान्तसम्म सो अनुदान दिएको हो। 

images
images

सरकारले ब्याजमा अनुदान दिने यस्तो सहुलियत कर्जा माघ मसान्तसम्म कूल २ खर्ब ५० ऋण  स्वीकृत भएको छ। यसमा  २ खर्ब १४ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

images
images

ब्याज अनुदान पाइने सहुलियत कर्जा उपयोग गर्नेमा सबैभन्दा अगाडि व्यावसायिक कृषि तथा पन्छी क्षेत्र रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो क्षेत्रले कूल १ खर्ब ५८ अर्ब ऋण स्वीकृति पाएको छ।

पाँच प्रतिशत ब्याज अनुदान पाउने दश समूहमध्ये सबैभन्दा अघि कृषि क्षेत्र देखिएको हो। ऋण उपयोग गर्ने संख्या भने सबैभन्दा धेरै महिला उद्यमशील कर्जा अन्तर्गत देखिएका छन्। यो शीर्षकमा ८१ हजारले ऋण स्वीकृत गराएका छन्। 

 


प्रकाशित : बुधबार, फागुन २५ २०७८१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend