काठमाडौं- विश्वप्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। 'कुकिङ विथ प्यासन' नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ।
यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेडे स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी-२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन्। साथै भाग्यशाली विजेताले ४ रात ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।
एलिका आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्वस्तरीय प्रविधिका लागि विश्वभर परिचित ब्रान्ड हो। एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राख्दै खाना पकाउने अनुभवलाई अझ सहज, स्वच्छ र आनन्ददायी बनाउँछन्। यही कारण एलिका आज नेपाली किचनहरूको पहिलो रोजाइ बन्दै गएको छ।
योजनामा सहभागी हुनका लागि ग्राहकहरूले अंग्रेजीमा ईएलआईसीए लेखेर स्पेस दिइ वारेन्टी कार्ड नम्बर लेखेर पोडक्ट नेम लेखेर कस्टुमरको नाम र ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरू लागु हुने जनाइएको छ।


