मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

'घर निर्माण फेस्ट'मा राखिँदै विश्वकै ठूलो इट्टा, गिनिज बुकमा नाम लेखाउने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
'घर निर्माण फेस्ट'मा राखिँदै विश्वकै ठूलो इट्टा, गिनिज बुकमा नाम लेखाउने तयारी

नेपाली कच्चा पदार्थ, सीप र प्रविधि प्रयोग गरी निर्माण गरिएको यो इट्टालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउने तयारी समेत गरिएको छ।

काठमाडौं-भृकुटीमण्डपमा आयोजना हुन लागेको 'घर निर्माण फेस्ट'मा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा मुख्य आकर्षणका रूपमा रहने भएको छ । नेपाली कच्चा पदार्थ, सीप र प्रविधि प्रयोग गरी निर्माण गरिएको यो इट्टालाई 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा दर्ता गराउने तयारी समेत गरिएको छ ।

नेपाली कच्चा पदार्थ, सीप र प्रविधि प्रयोग गरी निर्माण गरिएको यो इट्टालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउने तयारी समेत गरिएको छ।

यसअघि सन् २००७ मा अमेरिकाको टेक्सासमा ९ फिट ८ इन्च लम्बाइ तथा ३ फिट ३ इन्च उचाइ र चौडाइ भएको इट्टाले कायम गरेको कीर्तिमानलाई तोड्ने लक्ष्यका साथ यो विशाल इट्टा तयार पारिएको हो।

पुस १२ गते देखि १५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सहभागी हुने करिब ४० हजार दर्शकले यो इट्टाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।

पूर्ण रूपमा नेपाली कालीगढको दक्षता र मौलिक सोचबाट निर्मित यो इट्टाले नेपाली निर्माण उद्योगको क्षमतालाई विश्वसामु चिनाउने विश्वास गरिएको छ। प्रदर्शनीमा आउने आगन्तुकहरूले इट्टाको बनावट नजिकबाट हेर्नुका साथै फोटो खिचेर यस ऐतिहासिक क्षणको साक्षी बन्न सक्ने व्यवस्था मिलाइएको छ।

‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस चार दिने मेलामा २ सय करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। 

फेस्टमा घर निर्माणको प्रारम्भिक योजनादेखि सम्पन्न हुञ्जेलसम्म आवश्यक पर्ने सम्पूर्ण सामग्री र प्रविधिको प्रत्यक्ष प्रदर्शनी गरिनेछ।

नेपाली निर्माण क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको यस मेलामा अवलोकनकर्ताले विशेषज्ञहरूबाट घरको डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे निःशुल्क परामर्श लिन सक्नेछन्। 

साथै, विभिन्न ब्रान्डहरूले ग्राहकका लागि विशेष अफर र छुटका योजनाहरू समेत सार्वजनिक गर्ने तयारी गरेका छन्।


प्रकाशित : शुक्रबार, पुस ४ २०८२१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend