मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

खाद्यबाली जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका-६ की कलसा लुहारले बताए।

बैतडी-बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन्।

बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन्। 

खाद्यबाली जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका-६ की कलसा लुहारले बताए। 

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन्। 

घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका-६ की पवित्रा शाहले बताइन् ।

सारथी नेपालले पाटन नगरपालिका-६, ८ र ९, सिगास गाउँपालिका-१ र २ तथा सुर्नया गाउँपालिका-६ मा उक्त परियोजना सञ्चालन गरेको छ।रासस 

 


प्रकाशित : शुक्रबार, पुस ४ २०८२१४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend