मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

‘डीभी’ लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
‘डीभी’  लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित

सन् २०२७ को डीभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने सङ्केत दिएको एक महिनापछि ट्रम्प प्रशासनले यो औपचारिक घोषणा गरेको हो।

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डीभी)कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। 

सन् २०२७ को डीभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने सङ्केत दिएको एक महिनापछि ट्रम्प प्रशासनले यो औपचारिक घोषणा गरेको हो। 

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले राष्ट्रपतिको निर्देशन बमोजिम अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अन्तर्गतका कार्यक्रमहरू रोक्न निर्देशन दिएकाे बताए। 

अमेरिकामा आप्रवासीहरूको सङ्ख्या कम रहेका देशका नागरिकहरूलाई स्थायी बसोबासको अवसर प्रदान गर्दै आएको यो लटरी कार्यक्रम हाललाई पूर्ण रूपमा रोकिएको छ।

प्रकाशित : शुक्रबार, पुस ४ २०८२१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend