काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ हजार रुपैयाँले घटेको हो। गएको मंसिर २९ गते सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यसैगरी नेपाली बजारमा चाँदीको मूल्य कीर्तिमानी बिन्दुबाट तल लागेको छ। बिहीबार अहिलेसम्मकै उच्च मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।


