मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४९ लाख १४ हजार रुपैयाँ ठगी गर्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४९ लाख १४ हजार रुपैयाँ ठगी गर्ने पक्राउ

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

कपिलवस्तु शिवराज नगरपालिका-५ घर भइ हाल काठमाडौं-३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका-१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भइ हाल काठमाडौं गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, 'पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५ सय लिइ विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीको आधारमा पक्राउ गरिएको हो।'

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता अधिकारीले बताए।


प्रकाशित : शुक्रबार, पुस ४ २०८२११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend