बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यलमशीलता सुदृढीकरणका लागि सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
कुमारी बैंक र विनरक इन्टरनेशनलबीच उद्यलमशीलता सुदृढीकरणका लागि सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ।

यसअन्तर्गत बैंक र विनरकले संयुक्त रूपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्नेछन्।

दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले यस सहकार्यमार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहने बताए।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइहरू तथा ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। कुमारी बैंक बैंकिङ सेवामा विगत २४ वर्षदेखि निरन्तर क्रियाशील छ। 


प्रकाशित : बिहीबार , पुस ३ २०८२१५:४२
  • सम्बन्धित विषय:

  • # कुमारी बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend