बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमालेको उपमहासचिव र सचिवमा यी हुन् विजयी उम्मेदवार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
एमालेको उपमहासचिव र सचिवमा यी हुन् विजयी उम्मेदवार

काठमाडौं- नेकपा (एमाले) को उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन्।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलका हुन् भने ट भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन्।

यस्तै सचिव पदमा भने सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवा विजयी भएका छन्।

बुधबार सार्वजिनक अन्तिम मतपरिणामअनुसार सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन्।

पहिलो नम्बरमा महेश बस्नेत छन्। उनले १५४४ मत प्राप्त गरेका छन्।

पद्माकुमारी अर्याल र  शेरधन राईले १५३० मत प्राप्त गरेका छन्।

छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरेका छन्।


प्रकाशित : बिहीबार , पुस ३ २०८२१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend