काठमाडौं- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार ओली १६ सय ६३ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेल ५ सय ६४ मत प्राप्त गरेर पराजित भएका छन्।
यस्तै एमालेको महासचिवमा पनि ओलीकै प्यानलका शंकर पोखरेल विजयी भएका छन्। उनले १२ सय २८ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले न सय ९९ मत पाएका छन्।
