बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईपीओ निष्कासन गरेको भुजुङ हाइड्रोपावरको वित्तीय अवस्था कस्तो?

बिहीबार , पुस ३ २०८२
आईपीओ निष्कासन गरेको भुजुङ हाइड्रोपावरको वित्तीय अवस्था कस्तो?

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ५० हजार कित्ताका सम्मका लागि आवेदन दिन सकिनेछ।

काठमाडाैं - भुजुङ हाइड्रोपावर लिमिटेडले आज बिहीबारदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले नेपाल धितापत्र बोर्ड (सेबोन) बाट जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँबराबरको २० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरको १० लाख कित्ता साधरण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका तोकिएका शाखा कार्यालयहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

स्थानिय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेँसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने रहेको छ। कम्पनी ऐन २०६३ बमोजिम २०७२ जेठ २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा भुजुङ हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर २०७९ साउन १० गतेकाट कारोबार सञ्चालन कारोबार गर्दै आएको छ। 

कम्पनीमा हाल १९ सय ६३ जना संस्थापक सेयरधनीहरु रहेका छन्। ताप्लेजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका अवस्थित मिदिम खोलाको पानी उपयोग गरी ७.५ मेगावाट क्षमताको 'उपर मिदिम हाइड्रोपावर' आयोजनाको निर्माण कार्य सुरु गरेको हो। आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रहेको छ भने आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ यो आर्थिक वर्षमा ९४ रुपैयाँ ७२ पैसा पुगेको छ।

कम्पनीका अनुसार धितोपत्र निष्कासनबाट प्राप्त २० करोड रुपैयाँकाे उपयोग ऋणप्रदायक बैंक तथा वित्तीय संस्थाहरु कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग भएको सम्झौताबमोजिम लिएको ट्रम लोनको सावाँ भुक्तानी गर्न उपयोग गर्ने बताएको छ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई 'सिंगल बी प्लस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गरेको छ।


प्रकाशित : बिहीबार , पुस ३ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend