मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

पक्राउ परेकाहरु माथि नागरिकता, लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

काठमाडौं- प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भइ हाल काठमाडौं तारकेश्वर-८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका-३ घर भइ हाल ललितपुर महालक्ष्मी-१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका-९ घर भइ हाल काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेकाहरु माथि नागरिकता, लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए। 


प्रकाशित : बिहीबार , पुस ३ २०८२११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend