बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चाँदीको मूल्यमा लगातार रेकर्ड, सुनको मूल्य पनि बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
चाँदीको मूल्यमा लगातार रेकर्ड, सुनको मूल्य पनि बढ्यो

गएको सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। 

अघिल्लाे दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो। 

यसअघि बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

गएको सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। 

यसैगरी नेपाली बजारमा चाँदीको मूल्यले भने दिनदिनै कीर्तिमान बनाउन थालेको छ। बुधबार प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको चाँदीको मूल्यले बिहीबार थप बढेर उक्त कीर्तिमान तोडेको हो। 

अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेर आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको छ। 


प्रकाशित : बिहीबार , पुस ३ २०८२१०:५८
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend