काठमाडौं- विश्वव्यापी ओलम्पिक साझेदार तथा प्रिमियम इलेक्ट्रोनिक्स ब्राण्ड टीसीएलले नेपाली क्रिकेटप्रेमी र ग्राहकहरूका विशेष अभियान घोषणा गरेको छ।
कम्पनीले 'ब्रिङ होम टीसीएल, फ्लाई टू द आईसीसी टी-२० वर्ल्डकप क्रिकेट लाइभ' नामक अभियान घोषणा गरेको हो।
यसअन्तर्गत टीसीएलका निर्दिष्ट उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले टी-२० विश्वकप २०२६ को खेल प्रत्यक्ष हेर्न मुम्बई यात्रा गर्ने अवसर पाउनेछन्।
मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रतक्ष्य हेर्न पाइनेछ।
यसैगरी ग्राहकहरूले निःशुल्क उपहारहरू पनि पाउनेछन्। जसअन्तर्गत टीसीएलको वाशिङ मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क पाइनेछ। यस्तै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेशन र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टीभीको खरिदमा ९ महिनाको नेटटीभीको निःशुल्क सदस्यता पाइनेछ।
अभियानमा सहभागी हुन टीसीएलका निर्दिष्ट उत्पादन खरिद गरी वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फर्म्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुने कम्पनीले जनाएको छ।
यो अभियान सीमित अवधिका लागि मात्र हुने कम्पनीले जनाएको छ।


