बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलजी नेपालको क्याम्पेन : टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
एलजी नेपालको क्याम्पेन : टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर

काठमाडौं- एलजी नेपालले आकर्षक उपभोक्ता क्याम्पेन घोषणा गरेको छ। क्याम्पेनअन्तर्गत एलजीका कुनै पनि प्रोडक्ट खरिद गर्ने ग्राहकले टी-२० विश्वकपअन्तर्गत भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन्। साथै ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउनेछन्।  

छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्। साथै एलजी ग्राहकहरूका लागि पक्का उपहारहरूसमेत सुनिश्चित गरिएको छ। जसमा वाशिङ मेसिन खरिदमा ३ केजी निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेशन, माइक्रोवेभ ओभनमा कुकिङ किट साथै थप सब्सक्रिप्शन सुविधाहरू समावेश छन्।  

क्याम्पेनमा सहभागिता जनाउन कुनै पनि एलजी प्रोडक्ट खरिद गरी वारेन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फर्म्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, पुस २ २०८२१७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend