बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्थानीयले पाउने भए सालासुंगी हाइड्रोपावरको सेयर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
स्थानीयले पाउने भए सालासुंगी हाइड्रोपावरको सेयर

रसुवा- सालासुंगी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको मागबमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ। सेयर पाउनुपर्ने मागदाबी गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दालाई सेयर दिन आयोजना तयार भएको हो।

निजी क्षेत्रबाट करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो। जलविद्युत गृहका इञ्जिनियर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत उत्पादन हुन्छ।

आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीय बासिन्दालाई सेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थागित भएका जानकारी दिए। 

स्थानीयस्तरको जल, जंगल र जमिन एवं प्राकृतिक स्रोेत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ सेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए। रासस


प्रकाशित : बुधबार, पुस २ २०८२१७:०३
  • सम्बन्धित विषय:

  • # सालासुंगी हाइड्रोपावर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend