मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

आन्तरिक राजस्व कार्यालय भद्रपुरले ५ महिनामा उठायो १ अर्ब १४ करोड रुपैयाँ राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
आन्तरिक राजस्व कार्यालय भद्रपुरले ५ महिनामा उठायो १ अर्ब  १४ करोड रुपैयाँ राजस्व

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँराजस्व सङ्कलन गरेको छ।

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा एक अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो। 

आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए। 

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। 

गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा एक अर्ब आठ  करोड ८५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए। रासस


प्रकाशित : बुधबार, पुस २ २०८२१६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend