बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मन्त्री घिसिङले गरे महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
मन्त्री घिसिङले गरे महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण

कञ्चनपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका  छन्।

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिएका थिए।

लामो समयदेखि प्रक्रियागत उल्झनले पुल र सिचाँइको काममा असर परेको बताइएको छ। राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

सो अवसरमा उनले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। 'महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ,' उनले भने, 'यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौँ।'

त्यसैगरी भीमदत्त नगरपालिका-११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद्स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ।

यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो। उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन। 

उनले भने, 'तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सातअघि नै यहाँको समस्या समाधान हुने गरी काम गर्छौँ।' रासस


प्रकाशित : बुधबार, पुस २ २०८२१४:३२
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # महाकाली सिँचाइ आयोजना
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend