काठमाडौं- सीजी ब्राण्डले 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा' नामक उपहार योजना सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी-२० वर्ल्डकपलाई मध्यनजर गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका सामानहरूको खरिदमा हात खाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार बम्पर उपहारमा विजेताहरूले आईसीसी टी-२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। योजनामा सहभागी हुन सीजी स्पेश वारेन्टी कार्ड नम्बर स्पेश प्रडक्ट नेम स्पेश कस्टमर नेम स्पेश एड्रेस टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र लक्की ड्रमार्फत विजेताहरू छनोट गरिनेछ।
विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।
कम्पनीका अनुसार बम्पर उपहारबाहेक सीजी ब्राण्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हात खाली नजाने गरी पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।
जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट, सीजी तथा सीजी मेरिडियाको ४३ इन्चभन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टीभी सब्स्क्रिप्शन साथै सीजी ब्राण्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सीजी ब्राण्डको टप लोड वाशिङ मेसिनको खरिदमा सीजी ब्राण्डको इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्।
यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरिएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा आधुनिक शोरूमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
साथै ग्राहकहरूको सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।


