काठमाडौं- स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच 'नेशनल घर निर्माण फेस्ट २०८२' आयोजना तथा प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्टमा शिवम् सिमेन्ट पावर्ड बाइ प्रायोजकको रूपमा आबद्ध भएको हो।
घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी यही पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरू र प्रविधिहरूद्वारा एउटै थलोमा प्रस्तुत गरिनेछ। कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।
यसैगरी एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इँटा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ। उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ।
नेशनल घर निर्माण एक्स्पो २०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीनतम जानकारी र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला-ठूला परियोजनाहरूका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको ओपीसी सिमेन्ट बन्न सफल भएको हो।
नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआईएस प्रमाणित आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।


