मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
बागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र

चालु आव २०८२ ८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो।

बागमती- बागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत  खर्च भएको हाे।

चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन्।

सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ।रासस


प्रकाशित : बुधबार, पुस २ २०८२११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend