काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। गएको सोमबार सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ रहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको मंसिर २६ गते ३ हजार ९ सय ५ रुपैयाँ पुगेको थियो।
चाँदी हिजो मंगलबार ३ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भएको थियो। त्यसअघि सोमबार ३ हजार ८ सय ७० र आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


