मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

एडीबीको १४ अर्ब ३८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
एडीबीको १४ अर्ब ३८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

काठमाडौं- सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १-१५-१० बिघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ।

बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नेपाल-भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ।

यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुई जना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, पुस १ २०८२१८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend