शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने

गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको कम्पाीले जनाएको छ।

काठमाडौं- एनसेल फाउन्डेसनले देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।

फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम सामग्री वितरण गर्ने घोषणा गरेको हाे।

प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। 

गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको फाउन्डेसनले जनाएको छ।

यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए। जसका आधारमा कम्पनीले दुई हजार चार सय २८ शैक्षिक सामग्रीको वितरण गर्ने भएको हो। 

यो शैक्षिक सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पुर्‍याउनु हाे। यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू हुने फाउन्डेसनले जनाएकाे छ।

 

 


प्रकाशित : मंगलबार, पुस १ २०८२१७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend