मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

पोखरा विमानस्थल आयोजना प्रमुखविरुद्ध अढाइ करोडको भ्रष्टाचार मुद्दा

मंगलबार, पुस १ २०८२
पोखरा विमानस्थल आयोजना प्रमुखविरुद्ध अढाइ करोडको भ्रष्टाचार मुद्दा

सरकारी सेवामा रहँदा गरेको आय-व्ययको विवरण जाँच गर्दा सम्पत्ति मेल नखाएको तथा अस्वाभाविक आर्जन गरेको निष्कर्षसहित अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हाे।

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो। 

सरकारी सेवामा रहँदा गरेको आय-व्ययको विवरण जाँच गर्दा सम्पत्ति मेल नखाएको तथा अस्वाभाविक आर्जन गरेको निष्कर्षसहित अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हाे। उनले २ करोड ५४ लाख ३४ हजार ५ सय १७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले साेही रकमबराबर बिगो कायम गरी मुद्दा दायर गरेको छ।

मुनंकर्मी नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रबन्धकसमेत रहिसकेका व्यक्ति हुन्। उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिलाई श्रीमतीको नाममा सम्पत्ति खरिद तथा अन्य लगानीमा प्रयोग गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। 

उनीसँगै उनकी श्रीमती पूर्ण केशरी गाेसाईंलाई पनि प्रतिवादी कायम गरेर मुद्दा हालिएको छ। 


प्रकाशित : मंगलबार, पुस १ २०८२१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend