शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गोड्रेजले सार्वजनिक गर्‍यो वाशिङ मेसिनमा चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीको व्यवस्था

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
गोड्रेजले सार्वजनिक गर्‍यो वाशिङ मेसिनमा चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीको व्यवस्था

काठमाडौं- उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित गोड्रेज अप्लायन्सेजले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।
 
'अन्ली विथ गोड्रेज' ट्यागलाइनसहित सुरु गरिएको यो कम्प्रिहेन्सिभ वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोड्रेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापना गरेको छ। गोड्रेजले आफ्ना वाशिङ मेसिनहरूमा चार वर्षको कम्प्रिहेन्सिभ वारेन्टीसँगै १० वर्षको मोटर वारेन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ।

गोड्रेजका यी वाशिङ मेसिनहरू एआई-पावर्ड टर्बिडिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएका छन्। यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ। परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहन्छ।

घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका प्रमुख विशेषताहरू :

- १०० भन्दा बढी कठिन दागसँग प्रभावकारी लडाइँ (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार जस्ता दागहरूसहित)

- स्टिम वाश टेक्नोलोजी विथ इन-बिल्ट हिटर : पानीलाई ९५ डिग्री सेल्सियससम्म तताएर गहिरो र हाइजिनिक धुलाइ

- ९५ डिग्री एड्भान्स्ड टब क्लिन विथ अटो रिमाइन्डर : प्रत्येक ४५ वाशपछि स्वचालित रिमाइन्डरसहित ड्रम क्लिन

- ६५ प्रतिशतसम्म पानी बचत : टप-लोड वाशिङ मेसिनको तुलनामा बढी दक्षता

- १४०० आरपीएम हाई-स्पिन मोटर : बढी पानी निष्कासन र छिटो सुकाउने सुविधा

- डिजिटल इन्भर्टर मोटर टेक्नोलोजी : शान्त सञ्चालन, ऊर्जा-दक्षता र लामो समय टिकाउ

- रिफ्रेश प्रोग्राम : हल्का प्रयोग भएका कपडालाई स्टीमद्वारा ताजा बनाउने सुविधा

- हाइजिन वाश : जीवाणु नियन्त्रणसहित गहिरो सफाइ

मोडेल र उपलब्धता

गोड्रेजका यी प्रिमियम वाशिङ मेसिनहरू इओन  रिगालिस सिरिजअन्तर्गत ८  केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन्। अत्याधुनिक प्रविधि, उच्च हाइजिन र कम्प्रिहेन्सिभ वारेन्टी संयोजनमार्फत गोड्रेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ। चार वर्षे कम्प्रिहेन्सिभ वारेन्टीमार्फत गोड्रेजले वाशिङ मेसिन सेग्मेन्टमा नयाँ विश्वासको आधार तयार गरेको छ।

यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, पुस १ २०८२१४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend